Logo

Oct 11 2026 | २०८३, आश्विन २५गते

हेटौँडाबाट जाने सबै मार्गमा यातायात सेवा सञ्चालन

हेटौँडाबाट जाने सबै मार्गमा यातायात सेवा सञ्चालन

मकवानपुर : हेटौँडाबाट आवागमन हुने सबै राजमार्गमा आइतबार बिहानैदेखि सवारीसाधन सञ्चालन भइरहेका छन्। मनसुनजन्य विपद्‌बाट हुनसक्ने सम्भावित जोखिमलाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालय मकवानपुरले शनिबार सूचना जारी गरी शनिबार साँझ ८ बजेदेखि आज बिहान ५ बजेसम्मका लागि हेटौँडा हुँदै देउराली काठमाडौँ जाने सवारीसाधनलाई चौकीटोलमा रोकेको थियो।

त्यस्तै कान्ति राजमार्ग हुँदै ललितपुर जाने सवारीसाधनलाई पूर्व सूचनाअनुसार साँझ ६ बजेदेखि चौघडामा रोकिएको थियो। आज बिहानैदेखि हेटौँडाबाट जाने सबै मार्गमा यातायात पूर्ण रूपमा सञ्चालन भइरहेका जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

मनसुनजन्य विपद्लाई लक्षित गर्दै जिल्ला प्रशासन कार्यालय मकवानपुरले शनिबार सूचना प्रकाशित गरी ट्राभल एडभाइजरीसमेत जारी गरेको थियो।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट