Logo

Oct 11 2026 | २०८३, आश्विन २५गते

साउन मसान्तभित्र सम्पर्कमा आएका फार्म र सहकारीबाट मात्रै डीडीसीले दूध किन्ने

साउन मसान्तभित्र सम्पर्कमा आएका फार्म र सहकारीबाट मात्रै डीडीसीले दूध किन्ने

काठमाडौँ : दुग्ध विकास संस्थान (डीडीसी) ले आगामी आर्थिक वर्ष २०८३/२०८४ देखि दूध सङ्कलन कार्यलाई थप व्यवस्थित, प्रविधिमैत्री बनाउने भन्दै नयाँ नीति अघि सारेको छ । संस्थानले आफूसँग नियमित रूपमा दूधको कारोबार गर्न इच्छुक दुग्ध उत्पादक सहकारी संस्था तथा निजी फार्महरूलाई आगामी २०८३ साल साउन मसान्तभित्र सम्पर्क राख्न अनुरोध गरेको हो ।

लैनचौरस्थित संस्थानको केन्द्रीय कार्यालयद्वारा जारी सूचना अनुसार संस्थानसँग निरन्तर दूधको कारोबार गर्न चाहने सहकारी र निजी फार्महरूले २०८३ साल साउन मसान्तभित्र आ–आफ्नो पायक पर्ने संस्थानका आयोजना, चिस्यान केन्द्र तोकिएको सम्पर्क ठेगानामा सम्पर्क गरिसक्नुपर्नेछ ।

संस्थानले तोकिएको समय सीमा भित्र सम्पर्कमा नआउने सहकारी वा फार्महरूबाट आगामी दिनमा दूध खरिद वा कारोबार गर्न संस्थान बाध्य नहुने बेहोरा समेत स्पष्ट पारेको छ । विगत ५७ वर्षदेखि डीडीसीले सहकारी संस्था, निजी फार्म तथा दुग्ध उत्पादक कृषकहरूबाट दूध सङ्कलन गर्दै आइरहेको छ।

749022581_1345585997097365_1360766859125506480_n

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट