Logo

Oct 11 2026 | २०८३, आश्विन २५गते

मौलाकालिका मन्दिर परिसरमा गैँडाकोट युवा भजन समूहको विशेष भजन कार्यक्रम सम्पन्न

मौलाकालिका मन्दिर परिसरमा गैँडाकोट युवा भजन समूहको विशेष भजन कार्यक्रम सम्पन्न

गैँडाकोट :  धार्मिक, सांस्कृतिक तथा ऐतिहासिक पर्यटकीय स्थल मौलाकालिका मन्दिर परिसरमा आज गैँडाकोट युवा भजन समूहको आयोजनामा विशेष भजन कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ।
युवाहरूको सक्रिय अग्रसरतामा आयोजित संगीतमय भजन–कीर्तनमा गैँडाकोटका सयौँ स्थानीय दाजुभाइ तथा दिदीबहिनीहरूको उत्साहजनक सहभागिता रहेको थियो। भक्तजनहरूले भजन, कीर्तन र सामूहिक आराधनामा सहभागी हुँदै धार्मिक आस्था र सांस्कृतिक परम्परालाई जीवन्त बनाएका थिए।
भजनको मधुर धुनले सिंगो मन्दिर परिसर भक्तिमय वातावरणमा गुञ्जायमान बनेको थियो। कार्यक्रममा सहभागीहरूले यस्ता धार्मिक तथा सांस्कृतिक गतिविधिले समाजमा सद्भाव, एकता र आध्यात्मिक चेतना अभिवृद्धि गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरेका छन्।
आयोजक गैँडाकोट युवा भजन समूहले आगामी दिनमा पनि यस्ता धार्मिक तथा सांस्कृतिक कार्यक्रमलाई निरन्तरता दिँदै स्थानीय कला, संस्कार र भक्ति परम्पराको संरक्षण तथा प्रवर्द्धनमा सक्रिय रहने जनाएको छ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट