Logo

Oct 11 2026 | २०८३, आश्विन २५गते

सुनको मूल्य तोलामा ४ सय रुपैयाँ बढ्यो, चाँदीको घट्यो

सुनको मूल्य तोलामा ४ सय रुपैयाँ बढ्यो, चाँदीको घट्यो

काठमाडौं : नेपाली बजारमा बिहीबार सुनको मूल्य बढेको भने चाँदीको मूल्य घटेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ४ सय रुपैयाँले बढेर २ लाख ८५ हजार २ सय रुपैयाँ कायम भएको छ। बुधबार छापावाल सुन प्रतितोला २ लाख ८४ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो। महासंघका अनुसार आज १० ग्राम सुनको मूल्य २ लाख ४४ हजार ५१५ रुपैयाँ निर्धारण गरिएको छ।

यस्तै, चाँदीको मूल्य भने प्रतितोला ९० रुपैयाँले घटेको छ। बुधबार प्रतितोला ४ हजार ४१५ रुपैयाँ रहेको चाँदीको मूल्य आज घटेर ४ हजार ३२५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ। आज १० ग्राम चाँदीको मूल्य ३ हजार ७०८ रुपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट