Logo

Oct 11 2026 | २०८३, आश्विन २५गते

गृहमन्त्रीसँग इनिशाको परिवारको माग- अनुसन्धान चाँडै होस्‚ दोषी नछाडियोस्

गृहमन्त्रीसँग इनिशाको परिवारको माग- अनुसन्धान चाँडै होस्‚ दोषी नछाडियोस्

काठमाडौँ : बालिका इनिशा विकको हत्यासम्बन्धी घटनाको शीघ्र छानबिन गर्न उनको परिवारले माग गरेको छ। इनिशाको परिवारले हत्यामा संलग्नलाई कानुनबमोजिम कारबाही गर्न पनि माग गरेको छ।

पीडित परिवारका तर्फबाट इनिशाका दाइ चन्द्रबहादुर विक र तपेन्द्र विकले सोमबार गृहमन्त्री ओमप्रकाश अर्याललाई भेटेर घटनाको सत्यतथ्य सार्वजनिक गरी दोषीलाई कानुनी दायरामा ल्याई पीडितलाई न्याय दिलाउन आग्रह गरेका हुन्। यस्ता प्रकारका महिला तथा बालबालिकामाथि हुने यौनहिंसा तथा जघन्य अपराधका घटना दोहोरिन नदिन तथा न्यायको सुनिश्चितता र सुरक्षित समाज निर्माणका लागि सम्बन्धित निकाय, नागरिक समाज, पत्रकार तथा सम्पूर्ण सरोकारवालाले गम्भीरतापूर्वक ध्यान दिन पीडित परिवारले माग गरेको छ।

ज्ञापनपत्र ग्रहण गर्दै मन्त्री अर्यालले घटनाको अनुसन्धान गरी दोषीलाई कानुनी दायरामा ल्याइने आश्वासन दिए। उनले मुलुकमा दण्डहीनताको अन्त्य हुनुपर्ने भन्दै कुनै पनि प्रकारका आपराधिक घटना र अवान्छित गतिविधि नियन्त्रण गरी शान्ति सुव्यवस्था कायम गर्न सरकार जिम्मेवारीसाथ लागिपरेको दाबी गरे। गत २३ फागुनमा सुर्खेतको वीरेन्द्रनगर ४‚ सहितदपार्कनजिकै जनजागरण सामुदायिक वनमा १६ वर्षीया इनिशाको  बलात्कारपछि हत्या भएको थियो। 

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट