काठमाडौँ : गोरखाको बुढीगण्डकीमा बाढी आउनुअघि पहिरोले नदी थुनिएर बनेको ड्याम फुटेको देखिएको छ । बाढीको मुख्य प्रभावित ठाउँमा पुगेका सुरक्षाकर्मीहरूका अनुसार बुढी गण्डकीमा मिसिने उइनगुलुङ खोला सुरुमा थुनिएको थियो ।त्यो ड्याम फुटेर बुढीगण्डकीमा मिसियो । प्रहरी चौकी चुन्चेतबाट खटिएका असई गिरु पौडेल नेतृत्वको टोली नदी थुनिएको क्षेत्र चुमनुब्री गाउँपालिका वडा नम्बर–६ स्थित लोक्पा र चुम्लिङस्थित सिरिङ्गे हिमालको फेदीमा पुगेका छन् ।
जिल्ला प्रहरी कार्यालय गोरखाका एक जना अधिकृतका अनुसार प्रहरी टोली पुगेर हेर्दा सिरिङ्गे हिमालको करिब १ किलोमिटर वरपरको स्थानमा पहिरो गएको छ । पहिराले उइनगुलुङ खोला थुनिँदा सोही स्थान भएर बग्ने बुढीगण्डकीमा बाढी आएको हो ।सिरिङ्गे हिमालको फेदीमा रहेका ५ वटा भेडिगोठ बाढीले बगाएको छ । भेडिगोठमा रहेका मानिसहरू सम्पर्कविहीन छन् । सम्पर्क विहीनहरूको खोजीमा सेना, प्रहरी र सशस्त्रका उद्धारकर्मी परिचालन गरिएको छ । प्रभावित क्षेत्रबाट अहिलेसम्म४७ जनाको उद्धार गरिएको छ ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij