Logo

Oct 11 2026 | २०८३, आश्विन २५गते

एकल अंकले बढेको नेप्सेमा १४ अर्बको कारोबार

एकल अंकले बढेको नेप्सेमा १४ अर्बको कारोबार

काठमाडौँ : साताको पहिलो कारोबार दिन आज (आइतबार) नेप्से ४.४५ अंकले बढेको छ। अघिल्लो कारोबार दिनको तुलनामा ०.१५ प्रतिशतले बढेको नेप्से २८२४.९० अंकमा रोकिएको छ।

आजको दिनमा सेन्सेटिभ इन्डेक्स पनि ०.४१ अंकले बढेर ४८६.८० विन्दुमा रोकिएको छ। प्रतिशतका आधारमा यो अघिल्लो दिनको तुलनामा ०.०८ प्रतिशतले बढी हो। सेयर बजारमा आइतबार ३५० कम्पनीको एक लाख २४ हजार ४९० पटकको कारोबारमा तीन करोड ९५ लाख ४९ हजार ३३ कित्ता सेयर किनबेच भए। जसअनुसार आइतबार १४ अर्ब ३२ करोड ९६ लाख चार हजार ३१५ रुपैयाँको कारोबार भयो।

सेयर बजारमा आज १२४ कम्पनीको सेयर मूल्य बढेको छ। १३० कम्पनीको सेयर मूल्य घट्दा नौ कम्पनीका सेयर मूल्य स्थिर रहे। नेप्सेमा आइतबार १३ समूहको कारोबार भएकामा चार समूहको कारोबार घट्दा। बाँकी नौ समूहका उपसूचक उकालो लागे। जसअनुसार वाणिज्य बैंक समूहको सूचक ०.२१‚ विकास बैंक ०.७४‚ फाइनान्स ०.२२ प्रतिशतले बढ्दा होटेल तथा पर्यटन समूहको उपसूचक भने ०.६२ प्रतिशतले घट्यो। यसैगरी जलविद्युत् ०.०६ प्रतिशतले बढ्दा लगानी ०.५४ र जीवन बिमा समूहको उपसूचक ०.४६ प्रतिशतले घटे। यस्तै उत्पादन तथा प्रशोधन समूह ०.१२ तथा लघुवित्त समूह ०.१५ प्रतिशतले बढ्दा म्युचुअल फन्ड समूहको सूचक भने ०.२५ प्रतिशतले घट्यो।

नेप्सेमा निर्जीवन बिमा ०.१६‚ अन्य ०.०३ र व्यापार समूहको सूचक २.८३ प्रतिशतले उकालो लाग्यो। नेप्सेमा बिहीबार सोलु हाइड्रोपावर लिमिटेडको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ। अर्थात् सोलुका लगानीकर्ताले १० प्रतिशतले आम्दानी गरे। यसको अन्तिम कारोबार मूल्य भने ३३० रुपैयाँ कायम रह्यो। यस्तै दरमखोला हाइड्रो इनर्जी लिमिटेडको सेयरमूल्यमा भने नकारात्मक सर्किट लाग्यो। अर्थात् दरमखोलाका लगानीकर्ताले १० प्रतिशतले सेयरमूल्य गुमाए। दरमखोलाको अन्तिम कारोबार मूल्य भने ७२९ रुपैयाँ रह्यो। कारोबार रकमका आधारमा आज सबैभन्दा बढी ग्रिनलाइफ हाइड्रोपावर लिमिटेडको ८१ करोड एक लाख २१ हजार २०१ रुपैयाँबराबरको कारोबार भएको छ। त्यस्तै कारोबार भएका सेयर सङ्ख्याका आधारमा पनि सबैभन्दा बढी ग्रिनलाइफकै सेयर २७ लाख २१ हजार ९८० कित्ता किनबेच भएको छ। यसको अन्तिम कारोबार मूल्य भने प्रतिकित्ता ३२१ रुपैयाँ कायम रह्यो।  

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट