Logo

Oct 11 2026 | २०८३, आश्विन २५गते

ढुङ्गाना निलम्बनमा परेपछि लमजुङमा खनाललाई सीडीओको जिम्मेवारी

ढुङ्गाना निलम्बनमा परेपछि लमजुङमा खनाललाई सीडीओको जिम्मेवारी

काठमाडौँ : लमजुङका प्रमुख जिल्ला अधिकारी (सीडीओ) उमेश ढुङ्गाना निलम्बनमा परेपछि सहसचिव कृष्ण खनाललाई जिम्मेवारी दिइएको छ । गृह मन्त्रालयका प्रवक्ता सहसचिव आनन्द काफ्लेले खनाललाई लमजुङको सीडीओको जिम्मेवारी दिइएको जानकारी  दिए । 

ढुङ्गाना उद्योग, पर्यटन तथा यातायात मन्त्रालय, लुम्बिनी प्रदेशमा सचिव (सहसचिव) रहँदा यातायात व्यवस्था कार्यालय नेपालगन्जमा भएको सवारी दर्ता प्रकरणमा भ्रष्टाचार मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले फागुन १३ गते ढुङ्गानासहित ३२ जनाविरुद्ध मुद्दा दायर गरेको थियो । आयोगका अनुसार यातायात व्यवस्था कार्यालय नेपालगन्ज, बाँकेमा भारतीय चोरीका तीन वटा सवारी साधन आर्थिक लेनदेनमार्फत दर्ता गरिएको उजुरी परेपछि अनुसन्धान अघि बढाइएको थियो । 

बागमती प्रदेश ०१–०२६ च–७९४४ नम्बरको सवारी तथा बा १६ च ९१८३ नम्बरको सवारीसम्बन्धी नक्कली प्रज्ञापन पत्र, झुट्टा रसिद र गलत पत्र ब्यहोरा तयार गरी सवारी दर्ता प्रमाणपत्र (ब्लु बुक) जारी गरिएको थियो । सवारी धनीलाई जानकारी नदिई सरकारी अभिलेखमा प्रविष्ट गरी भन्सार छली सवारीलाई वैध बनाउने बदनियत देखिएको आयोगले बताएको छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij