सप्तरी : जनमत पार्टीका अध्यक्ष डा.सीके राउतले आज आफ्नो क्षेत्रमा युवा कार्यकर्ताहरूलाई प्रशिक्षण दिएका छन् ।
जनमतले ३० हजार जेनजीलाई प्रहरीमा भर्ना गर्ने, १३ सय महिलालाई रोजगारी दिने, स्वंयसेवक शिक्षक भर्ना गर्नेजस्ता कामबारे पनि जनतालाई जानकारी दिन अध्यक्ष राउतले निर्देशन दिएका छन् । 'निर्वाचनका दिन भोटरहरूलाई समातेर लानुपर्छ, भोटरलाई मद्दत गर्नुपर्छ,' उनले भनेका छन् । अरू पार्टीका कार्यकर्ताले जनमतका मतदातालाई विभिन्न प्रलोभन देखाएर लैजान सक्ने भन्दै यतातिर पनि सचेत रहन उनले भनेका छन् । राउत सप्तरी क्षेत्र नम्बर २ का उम्मेदवार हुन् ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij