Logo

Oct 12 2026 | २०८३, आश्विन २६गते

६५ लाखमा बागमतीका ६ ठाउँमा राखियो ट्रास बेरियर, कसरी गर्छ काम?

६५ लाखमा बागमतीका ६ ठाउँमा राखियो ट्रास बेरियर, कसरी गर्छ काम?

काठमाडौँ : सहरी विकास मन्त्रालयअन्तर्गतको बागमती सभ्यता एकीकृत विकास समितिले काठमाडौंका नदीहरूमा तैरिने फोहोर संकलन गर्न ट्रास बेरियर जडान गरेको छ । ६५ लाख खर्च गरेर यस्ता बेरियर राखिएको हो ।

गत २ साउनमा सम्झौता गरेर ६ ठाउँमा यस्ता बेरियर राखिएका हुन्। गोकर्ण ब्यारेजभन्दा माथि, गुहेश्वरीनजिक, पशुपतिभन्दा तल तिलगंगामा, मनोहरा र बागमतीको दोभानमा, यूएन पार्कमा र कर्मनाशा मिसिने ठाउँ बालकुमारीमा जडान गरिएको छ।आयोजनाका उपनिर्देशक उद्धव नेपालका अनुसार ट्रास बेरियरले नदीमा तैरिने फोहोरहरु जस्तै प्लास्टिक, प्लास्टिकका बोत्तल, काठका टुक्रा, फोमलगायतका तैरिँदै बगेर आउने वस्तुलाई रोक्छ र एकै ठाउँबाट संकलन गर्न सजिलो हुन्छ ।

परीक्षणका रूपमा यसलाई सुरु गरिएको हो। प्रारम्भिक रूपमा प्रभावकारी नै देखिएको उनले बताए । पानीको सतह घटबढ हुँदा बेरियर आफैँ तलमाथि हुन्छ। आगामी बर्खा सिजनमा यसले कसरी काम गर्छ त्यो हेरेर थप ठाउँ र नदीमा राख्नेबारे तय गरिने नेपालले बताए।  

638222242_912698178172149_5848385664935034818_n.jpg

638440718_912698134838820_9186769518743205744_n.jpg

River-Trash-Barriers_Nepal-Photo-Library9-768x512.jpg

River-Trash-Barriers_Nepal-Photo-Library1-scaled.jpg

River-Trash-Barriers_Nepal-Photo-Library7-768x512.jpg

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट