चितवन : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले अब देश बनाउने जिम्मा आफ्नो पार्टीको भएको दाबी गरेका छन्। शनिबार (आज) चितवनको चौविसकोठीमा विशेष सम्बोधन गर्दै सभापति लामिछानेले जेनजीको साथ लिएर अब आफूहरू देश बनाउन लाग्ने उद्घोष गरेका हुन्।
उनले रास्वपा २०८४ को चुनाव कुरिरहेको बेला जेनजीले बीचमै सरकारमाथि हस्तक्षेप गरेर सत्ता पल्टाइदिएको भन्दै खुसी व्यक्त गरे। आफूहरू चुनाव कुरेर बसिरहेको बेला जेनजीले सरकारलाई तागत देखाइदिएको बताए। देशको संरचना जलेको देखेर आफूलाई दुःख लागेको बताउँदै उनले थपे, ‘सिंहदरबार पनि बनाउँला, न्यायालय पनि बनाउँला तर वर्षौँदेखि खोसिएको हाम्रो सपना कसले बनाउँछ ? हामी बनाउँछौँ। जेनजीको साथ लिएर अब देश बनाउन हामी लाग्छौँ। रास्वपा लाग्छ।’
उनले जेनजी भाइबहिनीको साथमा अब रवि दाइ थपिएको बताए। उनले चौबीसकोठीमा पुगेर नेपालको झन्डा फहराउँदै विशेष सम्बोधन गरेका थिए । उनले भने, ‘चितवनको चौबीसकोठीले हाम्रो लागि इतिहास बोकेको छ। चितवनले मलाई होइन, देशलाई न्याय गर्नेछ। मलाई अन्याय पर्दा तपाईँहरूले साथ दिनुभएको छ।’ चितवनमा विशेष सम्बोधन लगत्तै रविले जेनजी आन्दोलनका शहीद परिवार र घाइतेलाई भेट्न काठमाडौं गएका छन ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij