Logo

Oct 09 2026 | २०८३, आश्विन २३गते

सशस्त्र प्रहरीका एआईजी वंशीराज दाहाल बर्खास्त

सशस्त्र प्रहरीका एआईजी वंशीराज दाहाल बर्खास्त

काठमाडौं  : सशस्त्र प्रहरीका एआईजी वंशीराज दाहाललाई बर्खास्त गरिएको छ ।गृह मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेले सेवाबाट हटाउनेगरी विभागीय कारबाही गरिएको जानकारी दिए ।

संवेदनशील सूचना चुहावट गरेको भन्दै उनलाई १९ असोजमा सरकारले पदबाट निलम्बन गरेको थियो ।उनलाई आजैबाट लागू हुनेगरी बर्खास्त गरिएको गृह मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

निजामती तथा प्रहरी कर्मचारीहरूले पालना गर्नुपर्ने पदीय आचरण प्रचलित काम नगरेको भनी उनलाई विभागीय कारबाही गरिएको हो ।

दाहालले सुरक्षासँग सम्बन्धित संवेदनशील सूचना चुहावट गरी आचरण विपरीत कार्य गरेको भन्दै सशस्त्र प्रहरीले कारबाहीका लागि मन्त्रालयमा सिफारिस गरेको थियो ।

जाँचबुझ गरी मन्त्रालयमा प्रतिवेदन पेश गर्न जाँचबुझ अधिकृत समेत तोकिएको छ ।गृह मन्त्रालयले मातहतका हरेक कर्मचारीबाट गरिने पदीय आचारणविरुद्धका कार्यहरू संवेदनशील गोप्य सूचना चुहावट तथा शान्ति सुरक्षामा प्रतिकूल असर गर्ने गतिविधिमा सुक्ष्म निगरानी तथा विश्लेषण गरिरहेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij