Logo

Oct 09 2026 | २०८३, आश्विन २३गते

कार्यविधिविपरीत खटाइएका पीएसओ फिर्ता बोलाउन गृह मन्त्रालयको निर्देशन

कार्यविधिविपरीत खटाइएका पीएसओ फिर्ता बोलाउन गृह मन्त्रालयको निर्देशन

काठमाडौँ :  सरकारले विशिष्ट व्यक्तिहरूको सुरक्षाका नाममा कार्यविधि विपरीत खटाइएका व्यक्तिगत सुरक्षाकर्मी (पीएसओ) लाई फिर्ता बोलाएको छ । गृह मन्त्रालयले आज सूचनामार्फत् उनीहरूलाई तत्काल फिर्ता बोलाउन निर्देशन दिएको हो ।

साथै, सुरक्षाकर्मीलाई सुरक्षा जिम्मेवारी बाहेक व्यक्तिगत तथा घरायसी काममा लगाइएको पाइएमा उजुरी गर्न सर्वसाधारण तथा खटिएका सुरक्षाकर्मीसँग आग्रह पनि गरिएको छ ।

‘अति विशिष्ट तथा विशिष्ट व्यक्तिहरूको सुरक्षा व्यवस्थापन कार्यविधि, २०८१’ अनुसार बहालवाला तथा पूर्व कर्मचारी एवम् सुरक्षाकर्मीहरूले पाउने व्यक्तिगत सुरक्षाकर्मीको स्पष्ट व्यवस्था रहेको स्मरण गृहले गराएको छ । तर पछिल्लो समय कार्यविधिको व्यवस्था उल्लङ्घन गर्दै सुरक्षाकर्मीहरूलाई व्यक्तिगत वा घरायसी काममा प्रयोग गरिएको व्यापक गुनासो आएको मन्त्रालयको सूचनामा उल्लेख छ ।


मन्त्रालयले सम्बन्धित सुरक्षा निकायहरूलाई कार्यविधि विपरित खटाइाइएका वा राखिएका सबै सुरक्षाकर्मीलाई अनिवार्य रूपमा आ-आफ्नो दरबन्दी रहेको कार्यालयमा फिर्ता पठाउन ७ दिनको सीमा दिइएको छ ।

निर्देशन तथा कार्यविधि विपरीत सुरक्षाकर्मी खटाएको पाइएमा खटाउने सम्बन्धित अधिकृत तथा पदाधिकारीलाई कारबाही गरिने मन्त्रालयको चेतावनी छ ।

 

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij