Logo

Oct 09 2026 | २०८३, आश्विन २३गते

रवि लामिछाने चितवन पुगे, रुपन्देही लगिँदै

रवि लामिछाने चितवन पुगे, रुपन्देही लगिँदै

काठमाडौँ : रास्वपा सभापति रवि लामिछानेलाई चितवनको भरतपुरबाट रुपन्देहीतर्फ लगिँदैछ । भैरहवा विमानस्थल बाक्लो हुस्सुका कारण नखुलेपछि उनी बुद्ध एयरको जहाजमार्फत भरतपुर पुगेका छन् । उनलाई प्रहरीको गाडीमा रुपन्देही लान थालिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका एक जना अधिकृतले बताए । लामिछानेसँग केन्द्रीय कारागारका डीएसपी जेसी शाह पनि गएका छन् ।

उनलाई शुक्रवार रुपन्देही जिल्ला अदालतमा उपस्थित गराइँदै छ । शुक्रबार बिहान ८ बजे नै विमानस्थलमा उपस्थित गराइए पनि भैरहवाको मौसम नखुलेका कारण लामिछाने लामो समय विमानस्थलमा रोकिएका थिए ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij