Logo

Oct 11 2026 | २०८३, आश्विन २५गते

काठमाडौं–४ बाट कांग्रेस महामन्त्री थापाको नाम एकल सिफारिस

काठमाडौं–४ बाट कांग्रेस महामन्त्री थापाको नाम एकल सिफारिस

काठमाडौं : आशन्न निर्वाचनका लागि नेपाली कांग्रेसका महामन्त्री गगन थापाको नाम काठमाडौं–४ बाट एकल सिफारिस गरिएको छ । प्रतिनिधिसभा निर्वाचन क्षेत्रीय कार्यसमितिको बुधबार बसेको बैठकले उनको नाम सर्वसम्मत रूपमा एकल सिफारिस गरेको क्षेत्रीय सभापति श्यामकृष्ण संगतले जानकारी दिए ।

संगतले महामन्त्री थापाको नाम प्रतिनिधिसभा निर्वाचनका लागि प्रत्यक्षतर्फ सर्वसम्मत एकल सिफारिस गरिएको जानकारी दिए । उनका अनुसार, समानुपातिकतर्फ ३ जनाको नाम सिफारिस गरिएको छ । समानुपातिकतर्फ राधा घले, नर्मदा पोखरेल र राजन विश्वकर्मा सिफारिस भएका हुन् ।

यसअघि महामन्त्री थापfको नाम रोल्पा, सर्लाही-४ र धनकुटाबाट पनि सिफारिस भएको थियो छ । थापा यसअघि यही निर्वाचन क्षेत्रबाट ३ पटक प्रत्यक्षतर्फ निर्वाचित भइसकेका छन् । २०६४ सालको पहिलो संविधानसभा निर्वाचनमा उनी समानुपातिकबाट संसद सदस्य बनिसकेका छन् ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट