Logo

Oct 11 2026 | २०८३, आश्विन २५गते

प्राधिकरण फर्किए हितेन्द्रदेव

प्राधिकरण फर्किए हितेन्द्रदेव

काठमाडौँ : नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले पदबहाली गरेका छन् । सर्वोच्च अदालतको परमादेशअनुसार उनले बुधबार बिहान प्राधिकरणमा पुगेर पदबहाली गरेका हुन् । सोमबार सर्वोच्च अदालतले उनको प्राधिकरणमा पुनर्बहाली हुने परमादेश जारी गरेको थियो ।

न्यायाधीशद्वय नहकुल सुवेदी र श्रीकान्त पौडेलको संयुक्त इजलासले शाक्यलाई बर्खास्त गर्ने सरकारको निर्णय विरुद्ध फैसला गरेको थियो। ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री कुलमान घिसिङले गत असोज ५ गते शाक्यलाई प्राधिकरणको कार्यकारी निर्देशकबाट हटाएका थिए । शाक्य आफूलाई प्राधिकरणमा पुनर्बहाली गर्न माग गर्दै सर्वोच्च पुगेका थिए ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट