Logo

Oct 11 2026 | २०८३, आश्विन २५गते

केपी ओलीको विकल्प छैन : लेखराज भट्ट

केपी ओलीको विकल्प छैन : लेखराज भट्ट

काठमाडौँ : नेकपा (एमाले)का सचिव लेखराज भट्टले पार्टीको नेतृत्वको केपी शर्मा ओलीको विकल्प नभएको दावी गरेका छन्।मंगलवार काठमाडौँमा आयोजित सञ्चारकर्मीसँगको अन्तरसंवाद कार्यक्रममा बोल्दै उनले मुलुकको राष्ट्रियता, सार्वभौमिकता, स्वाभिमान, अखण्डतालाई बलियो बनाउनका लागि पनि ओलीलाई नेतृत्वमा निरन्तरता दिएर अघि बढ्ने निष्कर्षमा पुगिएको बताए।

सचिव भट्टले नेपाललाई समृद्ध बनाउने र सबै नेपाली जनतालाई खुशी बनाउने समृद्ध नेपाल, सुखी नेपालीको परिकल्पना पूरा गर्न पनि ओलीलाई पार्टीले नेतृत्वमा स्विकारेर अघि बढ्नुपर्ने अवस्था रहेको तर्क गरे।

भट्टले भने‚ ‘हामी केपी कमरेडकै नेतृत्वमा केन्द्रीकृत भएर जानुपर्छ। गोलबन्द भएर जानुपर्छ। हामी जति सुदृढ र एकता हुन्छौँ, त्यति नै एमालेले जनताको कामलाई अगाडि बढाउन सक्छौं र हाम्रो राष्ट्रियता, सार्वभौमिकता, स्वाभिमान, अखण्डता बलियो हुन्छ।’सचिव भट्टले आफूले नेतृत्वको सल्लाहअनुसार नै पार्टीको जिम्मेवारी लिने योजना बनाएको पनि बताए।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट