काठमाडौं : कांग्रेस नेतृ आरजु राणा देउवा कैलाली–५ बाट प्रतिनिधिसभा सदस्यमा सिफारिस भएकी छन् । नेपाली कांग्रेस कैलाली–५ का क्षेत्रीय सभापति भीम पडालका अनुसार सर्वसम्मत निर्णयबाट उनको नाम सिफारिस भएको हो । राणासँगै अन्य तीनजनाको पनि नाम सिफारिस भएको उनले जानकारी दिए ।
कैलालीका पूर्वसभापति नरनारायण शाह, नेता डिल्लीराज पन्त र धनगढीका पूर्वमेयर तथा केन्द्रीय सदस्य नृपबहादुर वड सिफारिस भएका छन् । यी चार नेताहरूको नाम केन्द्रमा पठाइएसँगै उम्मेदवार छनोट अब पार्टी केन्द्रीय समितिको हातमा पुगेको छ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij