काठमाडौं : सरकारले यातायात क्षेत्रसँग सम्बन्धित सर्वोच्च अदालतका आदेशहरू कार्यान्वयन भएको वा नभएको मूल्यांकन गर्न जाँचबुझ आयोग गठन गर्ने निर्णय गरेको छ।
सोमबार बसेको मन्त्रिपरिषद् बैठकले दीपक सुवेदीको अध्यक्षतामा आयोग गठन गर्ने निर्णय गरेको हो। आयोगमा शरद अधिकारी र योगेन्द्रनाथ कर्माचार्य सदस्य रहनेछन्।
मंगलबार पत्रकार सम्मेलन गर्दै सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदिश खरेलले उक्त निर्णयको जानकारी दिए।
उनका अनुसार आयोगले अदालतका आदेशहरूको कार्यान्वयन अवस्था, बाधा र सुधारका आवश्यक उपायबारे अध्ययन गरी सरकारलाई प्रतिवेदन पेस गर्नेछ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij