काठमाडौँ : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले देशलाई सही दिशा दिन नेपालमा परम्परागत शक्ति (राजसंस्था) र आधुनिक शक्ति (राजनीतिक दल) बीच ‘नवीन समझदारी’ आवश्यक रहेको बताएका छन्।
मंगलबार राप्रपाद्वारा आयोजित विरोध सभालाई सम्बोधन गर्दै मिश्रले भने, “देशमा गल्ती धेरै भएका छन् – राजा र जनता दुवैबाट। तर केवल गल्तीको आलोचना गरेर बस्दा देशले निकास पाउँदैन।”
उनले नियमित चुनाव लोकतन्त्रको आधार भए पनि हालको परिस्थितिमा चुनाव अघि शक्ति सन्तुलनको आवश्यकतामा जोड दिएका छन्। सहिदहरूको बलिदान केवल चुनावका लागि नभएको उल्लेख गर्दै मिश्रले भने, “चुनाव गर्नु जरूरी हो तर चुनाव अघि राजसंस्था र राजनीतिक दललाई समन्वयमा ल्याउनु जरूरी छ।”
मिश्रले फागुन २१ को चुनावले तत्कालै देशको अवस्था सुधार नल्याउने दाबी गर्दै, प्रधानमन्त्रीलाई सुशासनको प्रतिमूर्ति बन्न र दीर्घकालीन हितका लागि विशेष पहल गर्न आग्रह गरेका छन्।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij