Logo

Oct 11 2026 | २०८३, आश्विन २५गते

शाक्यको सरुवा व्यक्तिगत नभई संस्थागत सुधारका लागि: घिसिङ

शाक्यको सरुवा व्यक्तिगत नभई संस्थागत सुधारका लागि: घिसिङ

काठमाडौँ : ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री कुलमान घिसिङले आफूले कसैप्रति प्रतिशोध लिएर काम नगरेको बताएका छन्। नेपाल पूर्वाधार पत्रकार समाजले मंगलबार ललितपुरमा आयोजना गरेको कार्यक्रममा बोल्दै उनले आफ्नो मुख्य ध्येय परिणाममुखी काम गर्नु भएको र त्यसमा कसैप्रति पूर्वाग्रह नराखिएको स्पष्ट पार्नुभयो।

मन्त्री घिसिङले भन्नुभयो, “मैले कसैप्रति प्रतिशोध साँधेर काम गरेको छैन। मेरो उद्देश्य भनेको सही ठाउँमा सही व्यक्ति राखेर काम गर्नु हो।” उनले काममा परिणाम नदेखाई पदमा बसिरहनुको औचित्य नहुनेमा जोड दिँदै, नेपाल विद्युत् प्राधिकरणका तत्कालीन कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यको सरुवा व्यक्तिगत प्रतिशोध नभई संस्थागत सुधारका लागि आवश्यक कदम भएको दाबी गरे। शाक्य आफैले “म सकेनँ, मलाई सरुवा गर्नुहोस्” भनेपछि मात्र सरुवा निर्णय लिइएको उनले बताए।

मन्त्री घिसिङले अदालतको निर्णय सम्मान गर्ने तर आफ्नो कार्यकालमा परिणाम नदेखाउने वा निर्णय लिन नसक्ने व्यक्तिलाई छुट नदिइने पनि स्पष्ट पार्नुभयो। “निर्णय नगर्ने र काम नगर्नेहरूलाई कारबाही हुनुपर्छ, नत्र परियोजनाहरू अवरुद्ध हुने खतरा हुन्छ,” उहाँले थप्नुभयो।

उहाँले देश विकासका लागि निर्माण व्यवसायी, परामर्शदाता र सरकारी निकाय सबैको उत्तिकै जिम्मेवारी हुने र आयोजनाहरू समयमै सम्पन्न गर्न सबै पक्षबीच समन्वय आवश्यक रहेकोमा जोड दिनुभयो। समयमा काम सम्पन्न नहुँदा देशलाई आर्थिक घाटा र रोजगारी अवसरहरूमा नोक्सान हुने उहाँको भनाइ थियो।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट