लुम्बिनी : लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले सुशासन र पारदर्शी समाज निर्माणका लागि सबैको संयुक्त प्रयास आवश्यक रहेको बताएका छन्।
भ्रष्टाचार विरुद्धको अन्तरराष्ट्रिय दिवसको अवसरमा जारी गरेको सन्देशमा उनले भने, “भ्रष्टाचार केवल आर्थिक दुराचार मात्र होइन, यसले सामाजिक मूल्य–मान्यता, लोकतान्त्रिक प्रणाली, राजनीतिक स्थिरता र विकासको गतिमा गम्भीर असर पार्छ।”
मुख्यमन्त्री आचार्यका अनुसार प्रदेश सरकारले कानुनी, नीतिगत र संस्थागत संरचना सुदृढ गर्दै सुशासन प्रवद्र्धन तथा भ्रष्टाचार न्यूनीकरणका विविध पहल अघि बढाइरहेको छ। पाँचवर्षे रणनीतिक योजना अनुसार पूर्वविशिष्ट पदाधिकारीका सेवा–सुविधा कटौती, मुख्यमन्त्री र मन्त्रीहरूको आचारसंहिताको कार्यान्वयन, चालू खर्च घटाउने र विकास योजना प्रतिस्पर्धात्मक प्रक्रियाबाट कार्यान्वयन गर्ने जस्ता कदमले पारदर्शिता र जवाफदेहिता बढाउन मद्दत गरेको उनले बताए।
आचार्यले नेपाल सन् २०११ देखि भ्रष्टाचारविरुद्ध संयुक्त राष्ट्रसङ्घीय महासन्धिको पक्ष राष्ट्र बनेको उल्लेख गर्दै सरकार राष्ट्रिय रणनीति र कार्ययोजनाको माध्यमबाट अन्तरराष्ट्रिय प्रतिबद्धता अनुसार अघि बढिरहेको जानकारी पनि दिए।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij