Logo

Oct 11 2026 | २०८३, आश्विन २५गते

अनेरास्ववियु (क्रान्तिकारी)को जेनजी महोत्सव : दुई हप्ते कार्यक्रम तय

अनेरास्ववियु (क्रान्तिकारी)को जेनजी महोत्सव : दुई हप्ते कार्यक्रम तय

काठमाडौँ : अनेरास्ववियु (क्रान्तिकारी)ले भोलि (बुधबार)देखि पुस ८ गतेसम्म ‘जेनजी महोत्सव’ आयोजना गर्ने भएको छ। दुई सातासम्म चल्ने यो महोत्सव राष्ट्रियसभा गृह, भृकुटी मण्डपमा बिहान ११ बजेबाट सुरु हुनेछ।

महोत्सवको उद्घाटन नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गर्ने अखिल क्रान्तिकारीले जानकारी दिएको छ।

फ्याक्सन इन्चार्ज हिमाल शर्माका अनुसार जेनजी महोत्सवले युवाहरूको प्रतिभा, क्षमता र योग्यतालाई उजागर गर्ने उद्देश्य राखेको छ। उनका अनुसार पार्टीभित्र जेनजी पुस्ताको उचित प्रतिनिधित्व सुनिश्चित गर्ने विषयमा पनि छलफल भइरहेको छ।

गत भदौ २३ र २४ मा जेनजी विद्रोहका कारण तत्कालीन केपी शर्मा ओली नेतृत्वको गठबन्धन सरकार ढलेको उल्लेखनीय पृष्ठभूमिमा महोत्सवको आयोजना हुन लागेको हो।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट