Logo

Oct 11 2026 | २०८३, आश्विन २५गते

आज राप्रपाले काठमाडौंमा बृहत् प्रदर्शन गर्दै

आज राप्रपाले काठमाडौंमा बृहत् प्रदर्शन गर्दै

काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आज काठमाडौं बृहत् प्रदर्शन गर्ने भएको छ। राजा, जेनजी र राजनीतिक दलहरूबी त्रिपक्षीय सम्झौता हुनुपर्ने मागसहित राप्रपाले आज काठमाडौंको रत्नपार्कमा प्रदर्शन गर्न लागेको हो। राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले मध्यान्ह १२ बजे प्रदर्शनमा सहभागी हुन आह्वान गरेका छन्।

उनले सामाजिक सञ्जालमा लेखेका छन्– आम निर्वाचन अगावै–कसैले नजित्ने, कसैले नहार्ने देशले जित्ने नवीन समझदारीका लागि राजा, राजनीतिक दल र जेन्जी लगायतको सर्वपक्षीय सम्मेलन आह्वानको माग गरेका छन्।यस्तै अन्तर जिल्ला तथा विदेशमा बस्ने नेपालीको मतदान गर्ने अधिकार सुनिश्चित गर्नुपर्ने राप्रपाको माग छ। यसैगरी जेन्जी आन्दोलनका सहिद परिवार तथा घाइतेहरूको माग पूरा गराउन प्रदर्शन गर्न लागिएको लिङ्देनको भनाइ छ।

राप्रपाका प्रवक्ता ज्ञानबहादुर शाहीले जेन्जी युवाहरूले सडकमा युद्ध जिते पनि सम्झौतामा हारेको बताएका छन्।  नेता शाहीले नेपालमा संवैधानिक राजसंस्था जरुरी रहेको बताएका छन्। उनले जापान, बेलायत, नेदरल्यान्ड, अष्ट्रेलिया र क्यानडाको जस्तो राजसंस्था नेपालमा आवश्यक रहेको उल्लेख गरे।

नेपालमा प्रदेश संरचना खारेज गर्न, हिन्दु, बुद्ध, किरातसहितको हिन्दु अधिराज्य बनाउन, संवैधानिक राजसंस्था कायम गर्न र जनताबाट प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री हुनुपर्ने मागका लागि आफूहरूले आन्दोलन गर्न लागेको उनको भनाइ छ।

 

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट