Logo

Oct 11 2026 | २०८३, आश्विन २५गते

एमाले महाधिवेशन : प्रतिनिधि विवाद टुङ्गियो

एमाले महाधिवेशन : प्रतिनिधि विवाद टुङ्गियो

काठमाडौँ :  नेकपा (एमाले)को आसन्न ११ औँ राष्ट्रिय महाधिवेशनको प्रतिनिधि छनोट विवाद टुङ्गिएको छ । ओखलढुङ्गा र धनकुटाको प्रतिनिधि विवाद टुङ्गिएपछि सबै प्रतिनिधि छनोटको प्रक्रिया टुङ्गिएको महाधिवेशन प्रतिनिधि व्यवस्थापन समितिका सचिव माधव ढुङ्गेलले जानकारी दिए । उनका अनुसार ओखलढुङ्गा र धनकुटाको प्रतिनिधि सर्वसम्मतिबाट छनोट भएका छन् ।

प्रतिनिधि व्यवस्थापन समितिका सचिव ढुङ्गेलले प्रतिनिधि विवाद टुङ्गिएपछि कार्ड छपाइ प्रक्रिया पनि सुरु गरिएको जानकारी दिए । उनले प्रतिनिधिलाई केही दिनभित्र नै कार्ड वितरण गर्ने बताए ।

सचिव ढुङ्गेलले महाधिवेशनमा दुई हजार २६० भन्दा बढी प्रतिनिधि सहभागी हुने बताए । महाधिवेशनका आयोजक प्रतिनिधिलाई रु तीन हजार र निर्वाचित भएर आउने प्रतिनिधिलाई रु दुई हजार शुल्क तोकेको छ ।एमालेको यही मङ्सिर २७ देखि २९ गतेसम्म महाधिवेशन काठमाडौँ हुँदैछ । महाधिवेशनले २५१ सदस्यीय नयाँ केन्द्रीय कमिटी चयन गर्ने छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट