Logo

Oct 11 2026 | २०८३, आश्विन २५गते

अन्नपूर्ण सर्किट र बेसक्याम्पले पर्यटक तान्न सफल

अन्नपूर्ण सर्किट र बेसक्याम्पले पर्यटक तान्न सफल

मनाङ : नेपालका प्रमुख पदयात्रा गन्तव्य अन्नपूर्ण संरक्षण क्षेत्र (एसीएपी)ले २०२५ सालमा अभूतपूर्व पर्यटक वृद्धि दर्ज गरेको छ। जनवरीदेखि नोभेम्बरसम्म २ लाख ७३ हजार ६ सय ४६ विदेशी पर्यटक अन्नपूर्ण क्षेत्रमा भ्रमण गरेका छन्। यो संख्या नेपालको पदयात्रा पर्यटन क्षेत्रमा पछिल्ला वर्षमा देखिएको सबैभन्दा ठूलो आगमन मानिएको छ।

पर्यटकमध्ये १ लाख १५ हजार ५ सय ५५ सार्क देशका र १ लाख ५८ हजार ९१ अन्य मुलुकका रहेका छन्। प्रमुख आकर्षणमा अन्नपूर्ण सर्किट, अन्नपूर्ण बेसक्याम्प, हिमाली दृश्यावलोकन र सांस्कृतिक स्थलहरू पर्दछन्।

एसीएपीको तथ्याङ्कअनुसार यस वर्ष अप्रिल महिनामा सबैभन्दा धेरै ४४ हजार ७६३ पर्यटक प्रवेश गरेका थिए। अन्य महिनाहरूमा मार्चमा ३६,८३४, मेमा ३४,७१६, जुनमा २६,०८, जुलाईमा १४,२३३, अगस्टमा १२,१३२, सेप्टेम्बरमा १९,३८६, अक्टोबरमा ३७,०७६ र नोभेम्बरमा २७,०७१ विदेशी पर्यटक आएका थिए।

गत वर्ष २०२४ मा कुल आगमन २ लाख ४४ हजार ४५ थियो। यस वर्ष ११ महिनामै २९ हजार बढीले पार गर्दै नयाँ कीर्तिमान कायम भएको हो। कार्यालय प्रमुख ढकबहादुर भुजेलका अनुसार पदमार्ग सुधार, सुरक्षा, सरसफाइ, स्थानीय अतिथिसत्कार, सामाजिक–सांस्कृतिक विविधता र डिजिटल प्रमोसनले पर्यटक वृद्धि गर्न योगदान दिएको छ।

मनाङमा नोभेम्बर महिनामा ६,७०३ विदेशी पर्यटकको आगमन भएको छ। तीमध्ये पुरुष ३,९१८, महिला २,७८४ र अन्य १ जना रहेको जानकारी पर्यटन सूचना केन्द्रले दिएको छ। सार्क राष्ट्रबाट ३९१ र अन्य देशबाट ६,३१२ पर्यटक मनाङमा पदयात्रा गरेका छन्।

गत वर्ष नोभेम्बरमा मनाङमा ६,९०२ पर्यटक आएका थिए, यस वर्ष करिब २०० ले कम मात्रामा आगमन भएको छ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट