तनहुँ : जिल्ला प्रशासन कार्यालय तनहुँले चालु आर्थिक वर्षको पहिलो त्रैमासिकमा करिब १५ हजार सेवाग्राहीलाई विभिन्न सेवा प्रदान गरेको छ।
प्रधान जिल्ला अधिकारी रामकृष्ण अधिकारीका अनुसार, गत भदौ २३–२४ मा जेनजी प्रदर्शनको क्रममा कार्यालय भवनमा तोडफोड र आगजनी भएपछि केही समय सेवा अवरुद्ध भएको थियो। तर मर्मत र वैकल्पिक व्यवस्था पश्चात् हाल सबै सेवा नियमित रूपमा सञ्चालन भइरहेको छ।
पहिलो त्रैमासिकमा प्रदान गरिएका सेवामा प्रमुख रूपमा:
राष्ट्रिय परिचयपत्र: ५,३८८
राहदानी (पासपोर्ट): ३,६५९
नागरिकता: ३,६०७
सिफारिस/प्रमाणीकरण: १,२१३
गुनासो सम्बोधन: ४३४
संस्था दर्ता/नवीकरण: ३९८
नाबालक परिचयपत्र: १४०
हातहतियार नवीकरण/नामसारी: ६५
नागरिकता वितरणमा तीन हजार छ सय एक जनालाई वितरण गरिएको थियो। नयाँ नागरिकतामा एक हजार सात सय १४ जनाले वंशज (बाबुको आधारमा), पाँच जनाले वंशज (आमाको आधारमा), तीन जनाले गैरआवासीय, र दुई जनाले वैवाहिक नागरिकता प्राप्त गरेका छन्। यस अवधिमा छ जना नागरिकता परित्याग पनि गरेका छन्।
साउनदेखि असोजसम्म:
नयाँ नागरिकता वितरण: १,७२४
प्रतिलिपि वितरण: १,८७७
नाबालक परिचयपत्र: १४०
राहदानी वितरण: १,६५३
विवरण सङ्कलन: २,०००
परिचयपत्र वितरणका लागि सम्बन्धित पालिकामा पठाइएको: १०,५३६
प्रजिअ अधिकारीका अनुसार, विभिन्न कठिनाइका बाबजुद पनि सेवा प्रवाह निरन्तर कायम रहेको छ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij