Logo

Oct 11 2026 | २०८३, आश्विन २५गते

मोरङ–३: अन्य उम्मेदवार नभएका कारण शर्मा निर्विरोध सिफारिस

मोरङ–३: अन्य उम्मेदवार नभएका कारण शर्मा निर्विरोध सिफारिस

मोरङ : नेपाली कांग्रेसका नेता डा. सुनिल शर्मा मोरङ–३ क्षेत्रबाट प्रतिनिधि सभा निर्वाचनका लागि सर्वसम्मत रूपमा सिफारिस भएका छन्। क्षेत्रीय समितिको बैठकले उनको एकल नाम सिफारिस गरेपछि उनी देशभरका कांग्रेस उम्मेदवारमध्ये पहिलो बनेका हुन्।

कांग्रेस केन्द्रले प्रत्येक निर्वाचन क्षेत्रमा एक महिलासहित तीन जना सम्म सिफारिस गर्न सक्ने सर्कुलर पठाएको थियो, तर मोरङ–३ मा अन्य नेताले उम्मेदवारी दाबी गरेनन्। सर्वसम्मत सिफारिस भएपछि शर्माले आफू इमानदारिता र निष्ठापूर्वक नेपाली जनताको सेवा गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

उनीसहित कांग्रेसका नेताहरूले अन्य क्षेत्रका कार्यकर्तालाई पनि मेलमिलाप र सहकार्यका साथ उम्मेदवार निर्विरोध गर्ने गरी पार्टीमा नयाँ ऊर्जा भर्न जोड दिएका छन्।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट