काठमाडौँ : नेकपा एमालेभित्र नेतृत्व चयनलाई लिएर चर्को प्रतिस्पर्धा बढिरहेका बेला ईश्वर पोखरेल समूहले आज पत्रकार सम्मेलन गर्ने भएको छ। केपी शर्मा ओली र पोखरेल समूहबीच महाधिवेशनमा प्रतिस्पर्धा हुने संकेत देखिएपछि पोखरेल समूहले आफ्ना धारणा सार्वजनिक गर्न पत्रकार सम्मेलन डाकेको हो।
सोमबार बागबजारस्थित हार्दिक होटलमा आयोजना हुने पत्रकार भेटघाट कार्यक्रम बिहान ११ बजे सुरु हुने छ। कार्यक्रममा एमाले उपाध्यक्ष सुरेन्द्र पाण्डेसहित योगेश भट्टराईलगायत पोखरेल निकट नेताहरू सहभागी हुने बताइएको छ।
यसअघि पार्टी निकट प्रेस चौतारीले आयोजना गरेको कार्यक्रममा ओली पक्षधर नेताहरूलाई सहभागी गराई ओली समूहलाई खुलेर समर्थन जनाउने वातावरण बनाइएको थियो। उता, पोखरेललाई पूर्व उपाध्यक्ष तथा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको समूहले पनि साथ दिएको बताइन्छ।
नेकपा एमालेको ११ औँ राष्ट्रिय महाधिवेशन मङ्सिर २७ देखि २९ गतेसम्म हुने तय भएको छ, जसले नयाँ नेतृत्व चयन गर्नेछ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij