Logo

Oct 11 2026 | २०८३, आश्विन २५गते

एमाले महाधिवेशन : प्रतिनिधिलाई बासको व्यवस्था गरिने

एमाले महाधिवेशन : प्रतिनिधिलाई बासको व्यवस्था गरिने

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (एमाले) ले आसन्न ११औँ राष्ट्रिय महाधिवेशनमा सहभागी हुन आउने प्रतिनिधिहरूका लागि बसोबासको व्यवस्थापन मिलाएको छ। महाधिवेशन आयोजक कमिटीले आवासको व्यवस्था नगरेकाले सम्पर्क समन्वय कमिटीले टाढाबाट आउने प्रतिनिधिहरूलाई नेता तथा कार्यकर्ताको घर र कोठामा बासको प्रबन्ध मिलाएको हो।

कमिटीका सचिव आरसी लामिछानेले बस्न र खानाको समस्या हुने प्रतिनिधिहरूलाई सहजताका लागि यस्तो व्यवस्था गरिएको बताएका छन्। उनले भने, "यसपटक प्रतिनिधिलाई महाधिवेशन आयोजक कमिटीले आवासको व्यवस्था मिलाएको छैन। तर हामीले काठमाडौँमा बस्न समस्या नहोस् भनेर नेता तथा कार्यकर्ताको घर र कोठामा राख्ने व्यवस्था मिलाएका छौँ।"

अहिले प्रदेशगत रूपमा काठमाडौँमा बस्न समस्या हुने प्रतिनिधिहरूको विवरण सङ्कलन भइरहेको उनले जानकारी दिए।यही मङ्सिर २७ देखि २९ गतेसम्म काठमाडौँमा हुने महाधिवेशनमा करिब दुई हजार २०० प्रतिनिधि सहभागी हुनेछन्। पार्टीले आवासको व्यवस्था नगरेकाले यसपटक प्रतिनिधि शुल्क पनि कम तोकेको छ। महाधिवेशनका आयोजक प्रतिनिधिहरूलाई तीन हजार रुपियाँ र निर्वाचित भएर आउने प्रतिनिधिहरूलाई दुई हजार रुपियाँ शुल्क तोकिएको छ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट