Logo

Oct 11 2026 | २०८३, आश्विन २५गते

संसद पुनःस्थापनाको माग लिएर नेपाली कांग्रेस पनि गयो सर्वोच्च

संसद पुनःस्थापनाको माग लिएर नेपाली कांग्रेस पनि गयो सर्वोच्च

काठमाडौँ : प्रतिनिधिसभा विघटन अवैधानिक भएको भन्दै पुनःस्थापनाको माग लिएर नेपाली कांग्रेस पनि सर्वोच्च अदालतमा गएको छ।कांग्रेसका तर्फबाट रिट दर्तालगायतको कानूनी संयोजन पूर्व महान्यायाधिवक्ता खम्म खातीलाई दिइएको तत्कालीन प्रमुख सचेतक श्याम घिमिरेले बताएका छन्।

एमाले अध्यक्ष केपी शर्मा ओली बूढानीलकण्ठ पुगी सभापति शेरबहादुर देउवासँग भेटवार्ता गरेपछि कांग्रेस पनि एमालेकै लाइनमा उभिएको हो।सोही बमोजिम काँग्रेसले पनि पुनःस्थापनाको मुद्दा सर्वोच्च अदालतमा लगेको हो।

कांग्रेसका तर्फबाट विघटित प्रतिनिधिसभाका संसदीय दलका प्रमुख सचेतक घिमिरे र सचेतक सुशीला थिङसहित ८ जना सांसद निवेदक बनेर रिट गएको हो। दर्ताका लागि सोमवारमात्र समय दिएको खातीले बताए।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट