Logo

Oct 11 2026 | २०८३, आश्विन २५गते

काठमाडौं जेसीजको ५६औँ अध्यक्षमा जेसी विकास श्रेष्ठ निर्वाचित: नयाँ बोर्डलाई बधाई र सफल कार्यकालको शुभकामना

काठमाडौं जेसीजको ५६औँ अध्यक्षमा जेसी विकास श्रेष्ठ निर्वाचित: नयाँ बोर्डलाई बधाई र सफल कार्यकालको शुभकामना

काठमाडौँ : काठमाडौं जेसीजले सन् २०२६ का लागि निर्वाचित नयाँ बोर्ड सदस्यहरूलाई बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरेको छ। संस्थाको ५६औँ अध्यक्षको जिम्मेवारी जेसी विकास श्रेष्ठ (मिलन)ले सम्हाल्ने भएका छन्।

जेसीजले जारी गरेको विज्ञप्तिमा नवनिर्वाचित पदाधिकारीहरूको कार्यकाल प्रभावकारी र सफल रहोस् भन्ने शुभकामना व्यक्त गरिएको छ।

नवनिर्वाचित प्रमुख पदाधिकारीहरू यस प्रकार छन्:

  • अध्यक्ष (President) – जेसी विकास श्रेष्ठ (मिलन)

  • कार्यकारी उपाध्यक्ष (Executive Vice President) – जेसी नर आदित्य राई

  • कार्यकारी उपाध्यक्ष (Executive Vice President) – जेसी सिद्धान्त गौली

  • कार्यकारी उपाध्यक्ष (Executive Vice President) – जेसी नबराज भण्डारी

  • उपाध्यक्ष (Vice President) – जेसी गरिमा लिम्बु

  • उपाध्यक्ष (Vice President) – जेसी बिशाल परियार

  • उपाध्यक्ष (Vice President) – जेसी निर्मल खड्का

  • उपाध्यक्ष (Vice President) – जेसी प्रिन्स सुवेदी

नवनिर्वाचित बोर्डको नेतृत्वमा काठमाडौं जेसीजले आगामी दिनमा युवा सशक्तीकरण, क्षमता विकास र सामाजिक उत्तरदायित्वका क्षेत्रमा थप योगदान पुर्‍याउने अपेक्षा गरिएको छ। संस्थाले विश्वास व्यक्त गरेको छ कि नयाँ बोर्डले समुदायमा सकारात्मक परिवर्तन र संस्थाको गौरव उच्च राख्नेछ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट