काठमाडौँ : पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले भदौ २४ गतेको जेनजी आन्दोलनमा भएको आगजनी, लुटपाट र तोडफोड इतिहासकै दुःखद घटना भएको बताएकी छन्।
आइतबार सिंहदरबारको अवलोकन गरेपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले भनिन् कि सरकारी भवनहरूको अवस्था हेर्दा धेरै दुःख लाग्यो। उनले सरकारले चाँडै ती भवनहरूको पुनःनिर्माण गरी पुरानै अवस्थामा ल्याउने विश्वास व्यक्त गरेकी छन्।
भण्डारीले भनिन्, “भदौ २४ गते सरकारी भवनहरूमा भएको तोडफोड, आगजनी र लुटपाट नेपाली जनताका लागि ठूलो दुःखद घटना हो। यस्तो घटना नेपालको इतिहासमा कहिल्यै नभएको हो र भविष्यमा पनि हुन नहुनेछ।”
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij