Logo

Oct 11 2026 | २०८३, आश्विन २५गते

प्रतिनिधि सभा निर्वाचन : १०२ दल एक्लै, १२ दल संयुक्त रुपमा प्रतिस्पर्धामा

प्रतिनिधि सभा निर्वाचन : १०२ दल एक्लै, १२ दल संयुक्त रुपमा प्रतिस्पर्धामा

काठमाडौँ : आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनमा १०२ राजनीतिक दल एक्लै प्रतिस्पर्धामा उत्रिने भएका छन्।

निर्वाचनमा सहभागी हुन १२० राजनीतिक दलले निवेदन दिएकोमध्ये १०२ दलले स्वतन्त्र रूपमा, अर्थात् एक्लाएक्लै चुनाव लड्नेगरी निवेदन दिएको निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए।

त्यसैगरी १२ राजनीतिक दलले संयुक्त रुपमा एउटै चुनाव चिन्ह प्रयोग गर्ने व्यवस्था मिलाई आयोगमा निवेदन दिएका छन्। उनका अनुसार यी १२ दलले विभिन्न समूह बनाएर ५ वटा साझा चुनाव चिन्ह प्रयोग गर्दै निर्वाचनमा सहभागी हुनेछन्।

भट्टराईका अनुसार, एकल र संयुक्त दुवै प्रकारका व्यवस्थाबाट ११४ राजनीतिक दल आगामी निर्वाचनमा १०७ वटा चुनाव चिन्हमार्फत सहभागी हुनेछन्। आयोगले सबै निवेदनको अध्ययन गरी सम्बन्धित दलहरूको निवेदन स्वीकृत गरिसकेको छ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट