काठमाडौं : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका क्रममा भएको भनिएको भ्रष्टाचारसम्बन्धी मुद्दा विशेष अदालतमा दायर गर्ने प्रक्रिया सुरु गरेको छ।
अख्तियार स्रोतका अनुसार मुद्दा दर्ताका लागि आयोगको टोली अहिले विशेष अदालतमै रहेको छ। अख्तियारले तत्कालीन पाँच मन्त्रीसहितलाई विपक्षी बनाउँदै मुद्दा दर्ता गर्ने निर्णय गरेको हो।
आयोगले करिब ८ अर्ब ३६ करोड रुपैयाँ बिगो मागदाबी गर्दै मुद्दा अदालतमा पेश गरेको छ। विपक्षीमा तत्कालीन मन्त्रीहरू भीम आचार्य, रामकुमार श्रेष्ठ, दीपक अमात्य, रामशरण महत र पोष्टबहादुर बोगटी रहेका छन्।
तत्कालीन पर्यटनमन्त्री पोष्टबहादुर बोगटीको निधन भइसकेकाले उनको तर्फबाट उनकी पत्नी राममाया बोगटीलाई प्रतिवादी बनाइएको आयोगले जनाएको छ।
अख्तियारले यो प्रकरणलाई पछिल्ला वर्षकै महत्वपूर्ण भ्रष्टाचार मुद्दामध्ये एक मान्दै विस्तृत अनुसन्धानपछि कानुनी कारबाही अघि बढाएको हो।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij