काठमाडौँ : जेनजी अभियन्ता मिराज ढुङ्गानाले प्रधानमन्त्री सुशीला कार्कीलाई जेनजी आन्दोलनको अपमान नगर्न आग्रह गरेका छन्। उनले प्रकाश शर्मालाई रिहाइ गर्न पनि माग गर्दै जिल्ला प्रहरी परिसर काठमाडौंमा पुगेर ध्यानाकर्षण गराएका हुन्।
ढुङ्गानाले चुनावपछिको सरकारले देशको विकासका लागि ठोस कदम चाल्नुपर्ने अपेक्षा आफूहरूले नगरेको बताए। साथै, पुराना दलका नेताहरूको सरकारमा पुनः प्रवेश हुने सम्भावनाप्रति चिन्ता व्यक्त गर्दै, अन्तरिम सरकारले विकासमा असफल भए प्रधानमन्त्री कार्कीले राजीनामा दिनुपर्ने माग पनि उनले उठाए।
भदौ २३ गतेको आन्दोलनको घटनाबारे छानबिन नगरी भदौ २४ गतेको आन्दोलनमा सहभागी युवाहरू मात्र पक्राउ गरिएको ढुङ्गानाको दाबी छ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij