Logo

Oct 11 2026 | २०८३, आश्विन २५गते

रास्वपाले प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवार आवेदन खुला गर्यो

रास्वपाले प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवार आवेदन खुला गर्यो

काठमाडौं : रास्वपा (राष्ट्रिय स्वतन्त्र पार्टी) ले फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि पार्टीको आन्तरिक उम्मेदवार छनोट प्रक्रिया सुरु गरेको छ।

उम्मेदवार छनोट समितिका संयोजक विपिनकुमार आचार्यका अनुसार, आजदेखि उम्मेदवारी आवेदन खुला गरिएको छ। आवेदन रास्वपाको आधिकारिक मोबाइल एपमार्फतै पेश गर्न सकिने व्यवस्था गरिएको छ।

आवेदन दिन इच्छुक उम्मेदवारले २५ हजार रुपैयाँ बुझाउनुपर्नेछ। तर, विपन्नतासँग सम्बन्धित उम्मेदवारहरूले विपन्नता प्रमाणित कागजात पेश गरेमा आवेदन दिन सक्नेछन्। रास्वपाले आवेदनदातामध्येबाट उम्मेदवार छनोट गर्ने जानकारी पनि दिएको छ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट