काठमाडौँ : नेकपा माओवादी केन्द्रबाट अलग भएर प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) गठन गरेका नेता जनार्दन शर्मा प्रभाकर पहिलोपटक गृहजिल्ला रुकुम पश्चिम पुगेका छन्। तर, उनी कार्यकर्ताको विरोधसँग पनि सामना गर्नुपरेको छ।
रुकुमका केही कार्यकर्ताले विमानस्थलमा शर्मा विरुद्ध कालो झण्डा प्रदर्शन गरेका थिए। अप्रिय घटना बढ्न नदिन सुरक्षाकर्मीको तैनाथी बढाइएको छ।
शर्मा आज बिहान काठमाडौँबाट नेपाल एयरलाइन्सको विमानमार्फत सदरमुकाम खलंगा ओर्लिएका थिए। विमानस्थलबाट बाहिरिँदै गर्दा केही युवाहरूले विरोध स्वरूप कालो झण्डा प्रदर्शन गरेका थिए
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij