धनुषा : मधेस प्रदेश सरकारका नवनियुक्त मुख्यमन्त्री कृष्णप्रसाद यादवले मंसिर २४ गते विश्वासको मत लिने तयारी गरिरहेका छन्।
सत्तापक्षीय सातदलीय गठबन्धनको आज बसेको बैठकले विश्वासको मत लिने निर्णय गरेको जसपाका प्रमुख सचेतक रामअशीष यादवले जानकारी दिएका छन्। मंसिर १९ गते नेपाली कांग्रेसको तर्फबाट मुख्यमन्त्री नियुक्त भएका यादवले आजै मन्त्रिमण्डल गठन र शपथ पनि पूरा गरिसकेका छन्।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij