काठमाडौँ : प्रगतिशील लोकतान्त्रिक पार्टीका संरक्षक तथा पूर्वमन्त्री जनार्दन शर्मा आइतबार आफ्नै गृहजिल्ला रुकुम पश्चिम पुगेका छन्।
नयाँ पार्टी गठनपछि शर्मा पहिलो पटक गृहजिल्ला पुगेका हुन्। उनका स्वागतमा शुभेच्छुकहरूको ठूलो उपस्थिती रहेको छ भने, तत्कालीन माओवादीका केही कार्यकर्ताले विरोधको प्रयास गरेका थिए, जसको जानकारी एक नेताले दिएका छन्।
रुकुम पश्चिममा शर्मा विभिन्न कार्यक्रम र भेटघाटमा सहभागी हुने कार्यक्रम तय गरिएको छ। उनले पार्टीको सन्देश, संगठन विस्तार र स्थानीय गतिविधिहरूमा सक्रियता बढाउने योजना रहेको बताइएको छ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij