Logo

Oct 11 2026 | २०८३, आश्विन २५गते

एमाले महाधिवेशन उद्घाटन : उपमहासचिव ज्ञवालीले संविधान र लोकतन्त्रको रक्षा गर्न जनउपस्थिति आवश्यक बताए

एमाले महाधिवेशन उद्घाटन : उपमहासचिव ज्ञवालीले संविधान र लोकतन्त्रको रक्षा गर्न जनउपस्थिति आवश्यक बताए

काठमाडौँ : नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले पार्टीको ११औँ राष्ट्रिय महाधिवेशनको उद्घाटन समारोहलाई संविधान, लोकतन्त्र र राष्ट्रिय स्वाभिमानको रक्षा गर्न निर्णायक मोडको रूपमा महत्व दिने बताएका छन्।

आइतबार सामाजिक सञ्जाल फेसबुकमार्फत ज्ञवालीले सबै समर्थक र पार्टी कार्यकर्तालाई मङ्सिर २७ गते दिउँसो भक्तपुर सल्लाघारीमा उपस्थित हुन आग्रह गर्दै भने, “१ दिनको उपस्थितिले पनि ठूलो अर्थ राख्छ भने किन उपस्थित नहुने? आउनुहोस्, देश बनाउनेलाई हौसला दिऔँ र देश जलाउनेलाई ‘नो’ भनौँ।”

ज्ञवालीले महाधिवेशनको उद्घाटन समारोह पार्टी परिवारका लागि सबैभन्दा ठूलो उत्सव भएको र लोकतन्त्रका पक्षमा जनताको आवाजको बुलन्द प्रतिध्वनि रहेको उल्लेख गरे। उनले राजनीतिक पार्टीहरू कमजोर वा शिथिल हुँदा त्यस रिक्तताको ठाउँ अराजक शक्तिहरूले लिन खोज्ने र पार्टीहरूले सक्रिय राजनीतिक हस्तक्षेप नगर्दा प्रतिगामीहरूले टाउको उठाउने गरेको बताए।

ज्ञवालीले ऐतिहासिक सन्दर्भमा भने, “जसरी २०६२ मङ्सिर ४ गते नेकपा (एमाले) ले बुटवलमा गरेको सशक्त जनप्रदर्शनले माघ १९ को शाही ‘कु’ पश्चात् उत्पन्न सन्नाटालाई चिर्दै प्रतिगमनका विरुद्ध ऐतिहासिक आन्दोलनको जग बसाएको थियो, त्यसैगरी मङ्सिर २७ को उद्घाटन समारोहको जनउपस्थितिले पनि संविधान, लोकतन्त्र र राष्ट्रिय स्वाभिमानको रक्षामा निर्णायक भूमिका खेल्नेछ।”

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट