Logo

Oct 11 2026 | २०८३, आश्विन २५गते

एमाले महाधिवेशन : युवा संघ नेपालले ५० हजार युवालाई काठमाडौँमा उतार्ने घोषणा

एमाले महाधिवेशन : युवा संघ नेपालले ५० हजार युवालाई काठमाडौँमा उतार्ने घोषणा

चितवन : नेकपा (एमाले) को ११औँ महाधिवेशनलाई भव्य र प्रभावशाली बनाउने उद्देश्यसहित युवा संघ नेपालले काठमाडौँमा कम्तीमा ५० हजार युवाको उपस्थिति सुनिश्चित गर्ने घोषणा गरेको छ। संघले देशभरका सबै संगठन तहलाई पूर्ण रूपमा सक्रिय गर्दै सहभागितालाई ऐतिहासिक बनाउने तयारी गरेको जनाएको छ।

युवा संघ नेपालका अध्यक्ष क्षितिज थेबेले महाधिवेशनलाई जनसागर बनाउने अभियानअन्तर्गत सबै कमिटीहरूलाई सशक्त रूपमा परिचालन गरिएको बताए। उनका अनुसार, “हामी टाउको गनेर नै ५० हजार युवा कार्यक्रमस्थलमा उतार्छौँ। यसका लागि संगठनका प्रत्येक संरचना, जिल्ला, नगरपालिका र वडा तहसम्मका कमिटीहरूलाई सक्रिय बनाइसकिएको छ।”

एमालेको ११औँ महाधिवेशनलाई राष्ट्रिय स्तरमा युवाको शक्ति प्रदर्शन गर्ने अवसरका रूपमा लिएको युवा संघले संघीय राजधानी काठमाडौँलाईै उत्सवमय बनाउन रणनीति बनाएको छ। देशका विभिन्न प्रदेशबाट सहभागी युवाका लागि आवागमन, बसोबास र व्यवस्थापनसम्बन्धी तयारी तीव्र गतिमा भइरहेको संघका पदाधिकारीहरूले बताएका छन्।

युवा संघका अनुसार महाधिवेशनका बेला युवा सहभागिता संगठित शक्ति, एकता र देश विकासप्रतिको संकल्पको रूपमै अभिव्यक्त हुनेछ। संघले महाधिवेशनलाई आफ्नै क्षमताको प्रदर्शनका रूपमा समेत उपयोग गर्ने योजनाअन्तर्गत सांस्कृतिक, संगठनात्मक र जनसंपर्क गतिविधि समेत संचालन गर्ने तयारी गरेको छ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट