Logo

Oct 11 2026 | २०८३, आश्विन २५गते

नेपाली कांग्रेसको पुस २६–२८ मा महाधिवेशन: गगन थापाको ‘फरक मत’सँगै विवाद बाँकी

नेपाली कांग्रेसको पुस २६–२८ मा महाधिवेशन: गगन थापाको ‘फरक मत’सँगै विवाद बाँकी

काठमाडौं : लामो विवादपछि नेपाली कांग्रेसले पुस २६–२८ मा नियमित महाधिवेशन गर्ने कार्यतालिका सार्वजनिक गरेको छ । सर्वसम्मत निर्णय भए पनि महामन्त्री गगन थापाले ‘फरक मत’ दर्ता गर्दै विशेष अधिवेशनको सम्भावना अझै बाँकी रहेको संकेत गरेका छन् ।

यसले महाधिवेशनसम्बन्धी विवाद औपचारिक रूपमा अन्त्य नभएको देखाउँछ। सदस्यता टुंगिनेवित्तिकै निर्धारित मितिमा महाधिवेशन हुने कांग्रेस नेताहरूको विश्वास छ। अघिल्लो महाधिवेशनमा सभापति देउवालाई कडा चुनौती दिएका डा. शेखर कोइराला यसपटक पनि उम्मेदवारीमा अडिग छन्।

संस्थापनभित्रै दुई गुट

देउवाको उत्तराधिकारीबारे संस्थापन पक्षभित्र दुई धार बनेका छन्। कार्यवाहक सभापति पूर्णबहादुर खड्का स्वाभाविक दाबेदार मानिए पनि देउवामाथि दबाब दिँदै आएको समूहले खड्कालाई प्राथमिकतामा नराखेको पाइएको छ। यही कारण संस्थापनभित्र स्पष्ट ‘दुई गुट’ देखिएका छन्।

सात जना वरिष्ठ नेताहरूले आधिकारिक उम्मेदवार छान्न देउवालाई दबाब दिए पनि देउवाले उनीहरूलाई सहमति गरेर साझा नाम ल्याउन सुझाएका थिए।

जेनजी आन्दोलनपछि समीकरण बदलियो

देउवा–ओली सहमतिले ०८३ असारअघि सभापति नफेर्ने संकेत दिइरहेकामा जेनजी आन्दोलनले पुरानो राजनीतिक सहमति भत्काइदियो। देउवा दम्पतीमाथि कुटपिटको घटना भएपछि नेतृत्व हस्तान्तरणको दबाब बढेको थियो। त्यसपछि देउवाले खड्कालाई कार्यवाहक बनाइ सिंगापुर उपचारका लागि प्रस्थान गरे।

कसलाई सभापति बनाउने ? अझै टुंगो छैन

संस्थापन पक्षका सात भाइमध्ये अधिकांश सभापतिका आकांक्षी छन्—प्रकाशमान सिंह, शशांक कोइराला, कृष्ण सिटौला, विमलेन्द्र निधि र गोपालमान श्रेष्ठ। गोपालमानले ‘सिनियर मोस्ट’ भन्दै आफूलाई अघि सारे पनि प्रस्तावले टिममा उत्थान पाएन।

नियमित कि विशेष—महाधिवेशन कहिले भन्ने विवादले संस्थापनलाई नै दुई धारमा बाँडेको छ।

  • अधिकांश सात भाइ समूह वैशाखको पक्षमा

  • खड्का, लेखक, रिजाल पुसको पक्षमा

यही मतभिन्नताले आधिकारिक उम्मेदवार अझै निश्चित हुन नदिएको नेताहरू बताउँछन्।

देउवाको भनाइ : “मैले कसैलाई वचन दिएको छैन”

मंसिर १६ मा भएको भेटमा निधिले सभापतिमा कसैलाई वाचा गरिएको छ कि भनेर सोध्दा देउवाले स्पष्ट रूपमा “कसैलाई पनि वचन दिएको छैन” भनेका थिए।
देउवाले नेताहरूलाई सहमतिमूलक नामवारे आपसमा छलफल गर्न सुझाव दिएका छन्।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट