काठमाडौँ : नेकपा (एमाले) का नेता गोकुल बास्कोटाले पार्टीको आगामी ११औँ महाधिवेशनका लागि भइरहेको प्रतिनिधि छनोट प्रक्रियाप्रति असन्तुष्टि जनाएका छन्। उनले प्रतिनिधि छान्ने क्रममा ‘पाखुरा सुर्कने’ प्रवृत्ति हावी हुन थालेको उल्लेख गर्दै यस्तो संस्कार घातक भएको टिप्पणी गरेका छन्।
नेता बास्कोटाले सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो अनुभव सार्वजनिक गर्दै एमाले महाधिवेशनमा ‘नीति–विचारको बहस’ नै मुख्य विशेषता हुने गरेको स्मरण गरे। चौथो महाधिवेशनको प्रसंग सम्झिँदै उनले विशेष कार्यक्रम सफल बनाउन इलाका युथ लिग (वाईएल) ले बदाम, मकै र शिला खोजेर सहयोग पठाएको उल्लेख गरे।
पाँचौँ महाधिवेशनदेखि आजसम्म (सातौँ बाहेक) प्रतिनिधिको हैसियतमा सहभागी हुँदै आएको जानकारी दिँदै बास्कोटाले पूर्वताका भएका वैचारिक बहसको परम्परा नै एमालेको शक्ति रहेको बताए। तर अहिले प्रतिनिधि छनोट प्रक्रियामा देखिन थालेको ‘पाखुरा सुर्कने’ प्रवृत्ति पार्टीका लागि हानिकारक बन्न सक्ने चेतावनी उनले दिए।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij