काठमाडौँ : मिराज ढुंगानाको नेतृत्वमा रहेको 'गरिखान देऊ' अभियानका सदस्य प्रकाश शर्माले बालुवाटारस्थित प्रधानमन्त्री निवासको गेटमा पर्चा टाँसेका छन्।
अभियानले जेनजीको बलबाट बनेको प्रधानमन्त्री सुशीला कार्कीको अन्तरिम सरकारले आफ्ना मागहरू बेवास्ता गर्दै केवल चुनावको रटान मात्र लगाएको आरोप लगाएको छ।
सिंहदरबारमा प्रवेश नपाएपछि अभियानले पटकपटक प्रधानमन्त्रीको राजीनामा माग गर्दै प्रदर्शन गर्दै आएको छ।
अभियानले प्रधानमन्त्री समक्ष राखेका संक्षिप्त मागहरू यस प्रकार छन्:
हालसम्मका सबै भ्रष्टाचार छानबिन गर्न अधिकार सम्पन्न आयोग गठन गरिनुपर्ने।
स्थिर सरकारको लागि प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्रीको निर्वाचन गरिनुपर्ने।
विदेशमा रहेका नेपाली नागरिकलाई मताधिकारको व्यवस्था गरिनुपर्ने।
जेन-जी विद्रोहलाई तत्काल राजनीतिक आन्दोलन घोषणा गरिनुपर्ने।
सहिद परिवार र घाइतेको उचित व्यवस्थापन गरिनुपर्ने।
भदौ २३–२४ को घटनाको निष्पक्ष छानबिन गरी दोषीमाथि कारबाही गरिनुपर्ने।
राजनीतिक प्रतिशोधका आधारमा चलाएका मुद्दाहरू फिर्ता गरी विधिको शासन कायम गरिनुपर्ने।
प्रदेश सरकारको अनावश्यक खर्च घटाएर प्रादेशिक खर्चलाई पुनर्संरचना गर्नुपर्ने।
माथिका विषयहरू संविधान पुनरावलोकन र सुधार नगरी सम्भव नहुने भएकाले तत्काल जनभावना बुझी संविधान सुधार गरी मात्र अर्थपूर्ण चुनावतर्फ लाग्नुपर्ने।




© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij