Logo

Oct 11 2026 | २०८३, आश्विन २५गते

समानुपातिक उम्मेदवार चयनमा महिला सहभागिता सुनिश्चित गर्न पार्टीले कडा निर्देशन जारी

समानुपातिक उम्मेदवार चयनमा महिला सहभागिता सुनिश्चित गर्न पार्टीले कडा निर्देशन जारी

काठमाडौँ : राष्ट्रिय मुक्ति पार्टी (रामुपा) नेपालले आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि प्रत्यक्ष र समानुपातिक उम्मेदवार सिफारिस प्रक्रिया सुरु गरेको छ।

मंसिर १ गते बसेको केन्द्रीय समितिको बैठकको निर्णय अनुसार, पार्टीका सबै जिल्ला अध्यक्ष, संयोजक तथा इन्चार्जलाई उम्मेदवारको नाम सिफारिस गरी मंसिर मसान्तभित्र केन्द्रीय कार्यालयमा पठाउन निर्देशन दिइएको हो।

पार्टी अध्यक्ष राजेन्द्र महतोद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ कि जिल्लामा उपलब्ध केन्द्रीय नेताहरूको सहभागितामा विस्तारित बैठक आयोजना गरी प्रत्यक्ष र समानुपातिक दुवैतर्फका उम्मेदवारको सूची तयार गर्नुपर्नेछ।

विशेषगरी समानुपातिक उम्मेदवार चयनमा कानुनी व्यवस्था अनुसार प्रत्येक क्लस्टरमा ५० प्रतिशत महिला अनिवार्य रहने र त्यसको कडाइका साथ पालना गर्नुपर्ने पार्टीको निर्देशनमा जोड दिइएको छ।

त्यस्तै, समानुपातिक उम्मेदवारको नाम पठाउँदा नागरिकता प्रतिलिपि, भोटर आईडी कार्ड, र अल्पसंख्यक वा अपाङ्गता सम्बन्धी प्रमाणपत्र भए त्यसको प्रतिलिपि पनि संलग्न गर्न आवश्यक रहेको पार्टीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट