काठमाडौँ : नेपाली कम्युनिस्ट पार्टीका नेता झलनाथ खनालले समाजवाद स्थापनाका लागि सबै कम्युनिस्ट पार्टीहरू एकैठाउँमा आउनु आवश्यक रहेको बताएका छन्।
जनकपुरमा आयोजित पार्टी एकता सन्देश सभालाई सम्बोधन गर्दै उनले २०६२/०६३ मा भएको जनआन्दोलनलाई पुँजीवादी आन्दोलनको रूपमा वर्णन गर्दै भने कि त्यो आन्दोलनले मजदुर र श्रमिकका अधिकार सुनिश्चित गर्न सकेको थिएन।
खनालले देशमा जति आन्दोलन भए पनि उत्पीडित जनसमुदायमाथि विभेद अझै कायम रहेको बताए। उनका अनुसार, पुँजीवादी लोकतन्त्र विश्वमै थोरै प्रभावकारी रहिसकेको छ र त्यसैले नेकपा समाजवादी लोकतन्त्रका लागि अगाडि बढिसकेको छ।
उनले देशका सबै कम्युनिस्ट पार्टीलाई एकता गर्न आफूहरू लागिपरेको उल्लेख गर्दै भने, “नेपाली विशेषताको समाजवाद स्थापनाका लागि पुँजीपतिहरूसँग सन्धि गरेर होइन, आमजनतासँग मिलेर मात्र सम्भव छ। यो धर्तीको स्वर्ग हो, तर समान्ती शासकहरूले यसलाई गरिबहरूको देश बनाइदिएका छन्।”
खनालले देशका सबै कम्युनिस्ट पार्टी एक नभएसम्म यो देश स्वर्ग बन्न नसक्ने पनि दाबी गरे।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij