Logo

Oct 11 2026 | २०८३, आश्विन २५गते

डिजिटलाइजेसनतर्फ एमालेको कदम: ‘नवयुग ई–बुलेटिन’ सुरु

डिजिटलाइजेसनतर्फ एमालेको कदम: ‘नवयुग ई–बुलेटिन’ सुरु

 चितवन : नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले सञ्चालन गर्न लागेको एघारौँ राष्ट्रिय महाधिवेशनको सूचना तथा गतिविधि व्यापक र आधुनिक माध्यमबाट जनता तथा कार्यकर्तासम्म पहुँच पुर्‍याउने उद्देश्यले तयार पारिएको ‘नवयुग ई–बुलेटिन’को औपचारिक शुभारम्भ विशेष समारोहमार्फत सम्पन्न भएको छ।

कार्यक्रममा महासचिव, स्थायी कमिटीका सदस्य, प्रचार विभागका प्रतिनिधि लगायत नेताहरूको उपस्थिति रहेको थियो। पार्टीका प्रमुख पदाधिकारीहरूले डिजिटल सूचना प्रणालीलाई सुदृढ बनाउँदै महाधिवेशनका तयारी, नीति–कार्यक्रम, निर्णय तथा अन्तर–पार्टी संवादलाई सहज र पारदर्शी बनाउन ‘नवयुग ई–बुलेटिन’ महत्वपूर्ण माध्यम बन्ने अपेक्षा व्यक्त गरेका थिए।

शुभारम्भ समारोहमा सम्बोधन गर्दै वक्ताहरूले आगामी महाधिवेशन पार्टीको नीति–दिशा, वैचारिक विकास तथा संगठनात्मक सुदृढीकरणका दृष्टिले ऐतिहासिक हुने उल्लेख गर्दै, यसका गतिविधि, समीक्षा तथा निष्कर्षलाई समयमै र व्यवस्थित ढंगले जनस्तरसम्म पुर्‍याउन डिजिटल प्लेटफर्मको भूमिका निर्णायक रहेको बताए।

कार्यक्रममा ‘नवयुग ई–बुलेटिन’ले महाधिवेशन तयारीदेखि टिम गठन, छलफल विषयवस्तु, नीतिगत प्रस्ताव, कार्यपत्र तथा अन्य प्रमुख घटनाक्रमहरूको विवरण चरणबद्ध रूपमा प्रकाशन गर्ने जानकारी दिइयो। पार्टीले डिजिटल प्रविधिको उपयोगमार्फत आन्तरिक तथा बाह्य सञ्चारलाई नवीन र प्रभावकारी बनाउने लक्ष्य पनि सार्वजनिक गरेको थियो।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट