Logo

Oct 11 2026 | २०८३, आश्विन २५गते

अर्थमन्त्री खनाल: ठेक्का लागिसकेका आयोजना बजेट कटौतीबाट सुरक्षित

अर्थमन्त्री खनाल: ठेक्का लागिसकेका आयोजना बजेट कटौतीबाट सुरक्षित

काठमाडौं : अर्थमन्त्री रामेश्वरप्रसाद खनालले ठेक्का लागिसकेका आयोजना तथा काम सुरु भइसकेका परियोजनाहरूमा बजेट कटौती नहुने स्पष्ट पारेका छन्।

बुधबार सिंहदरबारमा राष्ट्रियसभाअन्तर्गतको विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा समिति सदस्यहरूले आयोजना बजेट कटौतीका विषयमा असन्तुष्टि जनाएपछि मन्त्री खनालले यस्तो स्पष्टिकरण दिएका हुन्।

उनले ग्रामीण र प्राथमिक क्षेत्रमा जाने कर्जा प्रभावित भएकाले तरलता बढेको र यसले समस्या समाधान गर्न सहयोग पुग्ने बताए। विपन्न वर्ग र प्राथमिक क्षेत्रमा प्रभावकारी रूपमा जाने कर्जा अब रोकिने छैन, जसका कारण तरलता केही कम हुने उनको भनाइ छ।

मन्त्री खनालले भने, “सरकारको सीमित स्रोतका कारण स्थानीय र प्रदेश सरकारले खर्च गर्न नसकेको रकम संघीय सरकारले उपयोग गर्दा केही सहज भएको छ।” उनले सरकारी कोषको दुरुपयोग रोक्न पदाधिकारीको सेवा सुविधा कटौती गरिएको उल्लेख गर्दै यसका असरबारे छलफल गर्न सरकार तयार रहेको बताए।

बैठकमा समिति सदस्यहरूले आयोजना बजेट कटौती र सांसद सेवा सुविधा कटौतीलगायतका विषयमा चासो व्यक्त गरेका थिए।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट