काठमाडौं : नेकपा एमालेको मंसिर २७–२९ मा हुने ११औँ महाधिवेशन नजिकिँदै गर्दा पार्टीभित्र अध्यक्ष पदका लागि केपी शर्मा ओली र ईश्वर पोखरेलबीच स्पष्ट प्रतिस्पर्धा देखिएको छ।
ओली पक्षमा गुरु बराल, रामबहादुर थापा, शंकर पोखरेल, प्रदीप ज्ञवाली, पृथ्वी सुब्बा गुरुङ लगायत नेताहरू खुलेका छन् भने पोखरेल पक्षमा युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, सुरेन्द्र पाण्डे, योगेश भट्टराई र गोकर्ण विष्ट छन्। केन्द्रीय कमिटीमा ८० प्रतिशत सदस्य ओली पक्षमा रहेको दाबी गरिएको छ।
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले पनि पोखरेलको पक्षमा सन्तुलित प्रतिनिधि छनोटमा ध्यान दिन अपिल गरेकी छन्।
मंसिर १५ सम्म लगभग सबै प्रदेशमा प्रतिनिधि छनोट सकिएको छ। निर्वाचित र केन्द्रीय मनोनितसहित झन्डै २२ सय प्रतिनिधि महाधिवेशनमा मतदान गरेर नयाँ नेतृत्व चयन गर्नेछन्।
यद्यपि, युवा नेताहरू ओली वा पोखरेलको विकल्पमा अघि नआउने र वरिष्ठ नेताहरूको समर्थनमा मात्र महाधिवेशनमा सहभागी हुने प्रवृत्ति देखिएको छ। पार्टी भित्रको यस्तो संरचना जेनजी पुस्ताका माग अनुसार नेतृत्व परिवर्तनमा प्रभावकारी नभएको विश्लेषण गरिएको छ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij